कुमारी बैंकले १४ लाख ९० हजार कित्ता सेयर लिलामी बिक्री गर्दै

काठमाडौं । कुमारी बैंकले मंगलबार (वैशाख १९ गते) देखि १४ लाख ९० हजार कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गर्ने भएको छ ।

यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम ११९ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा जेठ २३ गतेसम्म आवेदन दिन मिल्नेछ । बिक्री प्रबन्धक प्रभु क्यापिटल, कमलादी काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनु पर्नेछ ।

लिलामी सेयरको आवेदन जेठ २५ गते बिहान ११ बजे प्रभु क्यापिटल, कमलादी काठमाडौंमा खोलिनेछ