काठमाडौं । एनआईसी एसिया बैंकले हकप्रद शेयर निष्काशनका लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले हाल कायम चुक्तापुँजीको २ः१ अनुपातमा अर्थात ५० प्रतिशत हकप्रद शेयर जारी गर्नका लागि बुक क्लोज मिति तय गरेको हो ।
बैंकले मंसिर ११ गते हकप्रद शेयर निष्शकानका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसकारण मंसिर १० गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले बैंकले निष्काशन गर्ने कहप्रद शेयरमा आवेदन दिन पाउनेछन् ।
बैंकले १०० अंकित दरका कुल ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता हकप्रद शेयर आफ्ना शेयरधनीहरुका लागि जारी गर्नेछ। बैंकको हकप्रद शेयर बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल रहेको छ।




























