ललितपुर । श्री नेवाः सम्पर्क समूह, रामेछाप र किष्ट अस्पतालबीच समूहका सदस्य तथा उनीहरूका परिवारलाई सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले दुई वर्षे सम्झौता भएको छ।
सम्झौताअनुसार श्री नेवाः सम्पर्क समूहका सदस्य तथा सदस्यका परिवारले किष्ट अस्पतालबाट उपलब्ध विभिन्न स्वास्थ्य सेवामा १५ प्रतिशतसम्म छुट प्राप्त गर्ने व्यवस्था गरिएको छ।
यस सम्झौताले सदस्य तथा उनीहरूका परिवारलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज र सहुलियतपूर्ण रूपमा प्राप्त गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सम्झौतापत्रमा श्री नेवाः सम्पर्क समूहका तर्फबाट अध्यक्ष बिष्णु श्रेष्ठ, उपाध्यक्ष भीमबहादुर श्रेष्ठ, सचिव हिमाल श्रेष्ठ, पूर्वअध्यक्ष हरिबहादुर श्रेष्ठ (नवीन) तथा डा. इन्द्रकुमार श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ।
त्यस्तै, किष्ट अस्पतालका तर्फबाट डाइरेक्टर रविन्द्र सिंह धानुक, जि.एम. साजन राजभण्डारी तथा म्यानेजर, ब्रान्ड एण्ड मार्केटिङ स्मिता बमले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ।
सम्झौता हस्ताक्षर कार्यक्रममा दुवै संस्थाका प्रतिनिधिहरूले स्वास्थ्य सेवामा सहकार्यलाई अझ प्रभावकारी बनाउँदै सदस्य तथा परिवारको स्वास्थ्य सुरक्षाका लागि आगामी दिनमा समेत विभिन्न कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
दुई संस्थाबीच भएको यस सहकार्यले श्री नेवाः सम्पर्क समूहका सदस्य तथा परिवारलाई आवश्यक स्वास्थ्य उपचारमा आर्थिक भार कम गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ।































