आरएसडीसी लघुवित्तले मंसिर १५ गते वार्षिक साधारण सभा डाके

काठमाडौं । आरएसडीसी लघुवित्तले मंसिर १५ गते वार्षिक साधारण सभा डाकेको छ । उक्त वार्षिक साधारण  सभामा आरएसडीसीले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट ८.६०% बोनस र कर प्रयोजनका लागि ०.४५% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि यस लघुवित्तले मंसिर ७ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, मंसिर ६ गतेसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश र सभामा भाग लिन पाउने छन् ।