गुराँस लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य समायोजन

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाको नेपाल स्टक एक्सचेञ्जमा शेयरमूल्य समायोजन भएको छ। संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थका लागि बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले गुराँस लघुवित्तको ९.५ प्रतिशत बोनश शेयर समायोजन गरेको हो। समायोजनपश्चात लघुवित्तको शेयरमूल्य १ हजार ४९७ रुपैयाँ ७२ पैसा कायम भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिन मंगलबारको अन्तिम कारोबार मूल्य १ हजार ६४० रुपैयाँको आधारमा मूल्य समायोजन गरेको हो । यही समायोजित मूल्यका आधारमा आज दोस्रो बजारमा लघुवित्तको शेयर कारोबार खुल्नेछ।