बजारमा आज सुन चाँदीको भाउमा सामान्य वृद्धि

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउमा सामान्य वृद्धि आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढेको हो।

योसँगै प्रतिततोला सुन २ लाख ४७ हजार ९ सय रुपैयाँ कायम भएको छ। हिजो सुन तोलामा २ लाख ४७ हजार ४ रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा ३५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदी तोलामा ३ हजार १४५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ३ हजार ११० रुपैयाँमा कारोबार भएको थियो।