काठमाडौं । सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आईरहेको महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सिताराम प्रसाई महालक्ष्मी जेहेन्दार विधार्थी छात्रवृत्ति प्रदान गरेको छ ।
सामुदायिक विद्यालयमा अध्ययनरत जेहेन्दार, विपन्न तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई अध्ययनमा सहयोग पु¥याउने उद्धेश्यका साथ स्व. श्री सीताराम प्रसाईको स्मृतिमा स्थापित सिताराम प्रसाई महालक्ष्मी जेहेन्दार विधार्थी छात्रवृत्ति श्री सिताराम सामुदायिक अंग्रेजी विद्यालय, मेचीनगर– १४, झापामा अध्ययनरत छात्रा मुस्कान खातुनलाई प्रदान गरिएको हो ।
यस प्रकारको छात्रवृत्तिको रकम रु. ५०,००० रहेको छ । विद्यालयमा आयोजित एक कार्यक्रमका विच बैंकका शाखा प्रबन्धक ज्यूले विद्यालयका प्रधानध्यापक ज्यू मार्फत प्रदान गरिएको हो ।
यस प्रकारको संस्थागत सामाजिक उत्तरदायित्वको कार्यक्रमबाट विद्यार्थीहरुलाई आर्थिक अभावकै कारण अध्ययनमा वञ्चित हुनुपर्ने बाध्यता हट्ने विश्वास बैंकले लिएको छ । गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकले हालै मात्र काठमाण्डौं, ज्ञानेश्वरमा कफि लाउञ्ज सहितको डिजिटल हब सञ्चालनमा ल्याएको छ ।




























