इन्फिनिटी लघुवित्तको मुनाफासँगै प्रतिसेयर आम्दानी पनि यसरी घट्यो

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा इन्फिनिटी लघुवित्तले ३६ लाख ६३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा ४३.७१% थोरै हो । गत वर्ष यसले ६५ लाख ७ हजार रुपैयाँ नाफा कमाएको थियो ।

यसअवधिमा कम्पनीको सञ्चालन नाफा ४३.७०% ले घटेर ५२ लाख ३४ हजार रुपैयाँमा झरेको छ । यसले गर्दा नाफा प्रभावित भएको छ । एक वर्षको अवधिमा कम्पनीको खुद ब्याज आम्दानी भने ५।२०५ ले बढेको छ ।

गत वर्ष ५ करोड ५६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको कम्पनीले अहिले बढाएर ५ करोड ८५ लाख रुपैयाँ पुर्याएको छ । हाल यसको चुक्ता पुँजी ४९ करोड ७४ लाख रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा १९ करोड ४१ लाख रुपैयाँ रहेको छ ।

यसको प्रतिसेयर आम्दानी पनि घटेर २ रुपैयाँ ९५ पैसा९वार्षिक० मा झरेको छ । गत वर्ष प्रतिसेयर आम्दानी ६  रुपैयाँ २८ पैसा  (वार्षिक) रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ ६४ पैसा छ ।