काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा स्वावलम्बन लघुवित्तको खराब कर्जा ह्वातै बढेको छ । यसको खराब कर्जा ८.५१% ले बढेर १२.४१% पुगेको हो ।
यसको असर नाफामा देखिएको छ । यसअवधिमा खुद नाफा ५७.४८% ले घटेर ३ करोड १८ लाख ८१ हजार रुपैयाँमा सीमित भएको छ ।
अघिल्लो वर्षको यसैअवधिमा यसले ७ करोड ४९ लाख ८५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।एक वर्षको अवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेकाले पनि नाफा प्रभावित भएको हो ।
खुद ब्याज आम्दानी १२.४७% ले घटेर ३४ करोड ४६ लाख ५७ हजार रुपैयाँमा सीमित भएको छ । सञ्चालन नाफा ५४.९२% ले घटेर ४ करोड ८२ लाख ६३ हजार रुपैयाँमा सीमित भएको छ ।
असोज मसान्तसम्म आइपुग्दा चुक्ता पुँजी १ अर्ब २९ करोड ४ लाख ९५ हजार रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी १६ रुपैयाँ ८५ पैसाले घटेर ९ रुपैयाँ ८८ पैसामा सीमित भएको छ । प्रतिसेयर नेटवर्थ २४० रुपैयाँ ४७ पैसा छ ।





























