काठमाडौं । हिम स्टार ऊर्जा कम्पनीको आइपीओमा २ दिनमै ११ लाख भन्दा बढीले आवेदन दिएका छन् । आज असार २५ गते) बुधबार सम्ममा ११ लाख २९ हजार ७५६ जना सर्वसाधारण आवेदकले १ करोड ३४ लाख ३९० कित्ता सेयरका लागि आवेदन दिएको सीडीएससीको तथ्यांकले देखाएको छ ।
कम्पनीले मंगलबारदेखि प्रतिकित्ता १०० रुपैयाँका दरमा ७ लाख ७३ हजार ९७५ कित्ता सेयर निष्कासन गरेको हो ।
यसआधारमा २ दिनमै मागभन्दा १७.३१ गुणा बढी आवेदन परेको हो । यो आइपीओमा असार २७ गतेसम्म आवेदन दिन सकिनेछ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन पाइनेछ ।
कम्पनीको आइपीओमा सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर मार्फत सेयर मार्फत आवेदन दिन सकिनेछ ।
हिम स्टार उर्जा कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई यसअघि आइपीओ बाँडफाँट गरिसकेको छ ।






























