नेपाल टेलिकमले ल्यायो मनसुन अफर

काठमाडौं । नेपाल टेलिकमले मनसुन अफर सार्वजनिक गरेको छ । यो अफर यही असार २६ गते बिहीबारदेखि लागू हुनेछ ।

यो अफर अन्तर्गत विभिन्न आकर्षक प्याकेज तथा सुविधा उपलब्ध गराइने टेलिकमका प्रवक्ता रविन्द्र मानन्धरले जानकारी दिएका छन् ।

यस अफर अन्तर्गत विभिन्न सुविधासहितका भ्वाइस, डाटा तथा एसएमएस प्याकेज उपलब्ध गराइने छ भने विशेषगरी शारीरिक तथा मानसिक रूपमा फरक क्षमता भएका व्यक्तिका लागि बोनससहितका प्याकेज उपलब्ध हुनेछन् ।

साथै, सजिलो अनलिमिटेड ६९९ र ७९९ प्याकेज ३० प्रतिशत छुटमा समेत उपलब्ध गराइने प्रवक्ता मानन्धरले बताए ।

उनका अनुसार ग्राहकले आफ्नो मोबाइलबाट *१४१५# डायल गरेर वा ‘नेपाल टेलिकम’एपको प्रयोग गरेर विभिन्न प्याकेज सम्बन्धी जानकारी लिन तथा खरिद गर्न सक्नेछन् ।

यस अफर सम्बन्धमा विस्तृत जानकारी कम्पनीको वेबसाइटमार्फत प्राप्त गर्न सकिने प्रवक्ता मानन्धरले बताएका छन् ।

टेलिकमले आफ्ना ग्राहकहरूको डिजिटल आवश्यकता र सुलभ दरमा सो आवश्यकता पूरा गर्ने चाहना समेतलाई सम्बोधन गर्न समयसापेक्ष रूपमा प्याकेज तथा अफर प्रदान गर्दै आइरहेको उनले बताए ।

ग्राहक सेवामा समर्पित भन्ने नारालाई आत्मसात गर्दै विभिन्न माध्यमबाट प्राप्त भएका ग्राहकका प्रतिक्रिया र सुझावका साथै सेवाको प्रयोगशैलीलाई समेत मध्यनजर गर्दै कम्पनीले मनसुन अफर २०८२ ल्याएको प्रवक्ता मानन्धर बताउँछन् ।