काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रबार अपरान्हसम्ममा आगामी आर्थिक वर्षको लागि नयाँ मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ ।
केन्द्रीय बैंक स्रोतका अनुसार आज अपरान्हसम्ममा सरकारले लक्ष्य लिएको ६ प्रतिशतको आर्थिक बृद्धिलाई सफल पार्ने गरी साढे पाँच प्रतिशतभित्र मुद्रास्फीर्तिलाई कायम राख्ने गरी नयाँ मौद्रिक नीति सार्वजनिक गर्नेछ ।
आगाामी आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारले जारी गरेको बजेटलाई कार्यान्वयन गर्न मौद्रिक नीति सार्वजनिक गर्न लागेको हो ।
मौद्रिक नीतिमा कर्जा खुकुलो बनाउनेदेखि ऋणीलाई राहत दिने तथा लघुवित्त कम्पनीहरुलाई थप कडाई गर्ने तयारी गरिएको छ ।
































