काठमाडौं । सिटिजन्स क्यापिटलले असार १३ गतेदेखि बिक्री खुला गरेको ‘सिटिजन्स सदाबहार योजना’ को खरिदका लागि आवेदन दिने आज (असार २७) अन्तिम दिन रहेको छ । कम्पनीले प्रतिइकाइ १० रुपियाँ अंकित दरमा ५० करोड रुपियाँबराबरको ५ करोड इकाइ बिक्रीमा ल्याएको छ ।
कुल निष्कासन हुने इकाइमध्ये बीज पुँजीबापत ७५ लाख इकाइ (वा कुल बिक्री भएको इकाइ संख्याको न्यूनतम १५ प्रतिशत) कोष प्रवर्द्धक सिटिजन्स बैंक इन्टरनेशनललाई सुरक्षित गरी बाँकी ४ करोड २५ लाख इकाइ सर्वसाधारणका लागि बिक्री खुलाइएको छ ।
त्यसपछि भने सामूहिक लगानी कोष नियमावलीअनुसार योजनाको इकाइ योजना व्यवस्थापकले तोकेको वितरकमार्फत निरन्तर खरिदबिक्री भइरहेको क्यापिटलले जनाएको छ ।
लामुखी यस योजनामा लगानीकर्ताले न्यूनतम १०० इकाइदेखि अधिकतम ५० लाख इकाइसम्म आवेदन दिन पाउनेछन् । फण्डको योजना व्यवस्थापक तथा डिपोजिटरी एवं धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल रहेको छ ।





























