काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले सम्बन्धित सेयरधनीहरुको हितग्राही खातामा लाभांश जम्मा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्न प्रस्तावित बोनस सेयर सम्वन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको हो ।
बैंकले गत चैत १७ गते सम्पन्न बैंकको १८ औँ वार्षिक साधारण सभाबाट पारित भएको ८.५३४ प्रतिशत बोनश सेयर सम्बन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको छ ।