न्याम्सको नर्सिङ र एमआइटीको वार्षिक परीक्षा सार्वजनिक

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले स्नातकोत्तर र स्नातक तह अन्तर्गत नर्सिङ र इमेजिङ टेक्नोलोजी विषयको वार्षिक परीक्षा सार्वजनिक गरेको छ।

न्याम्सले यही जेठ २३ देखि असार १४ गतेसम्म परीक्षा लिने भएको हो। सार्वजनिक परीक्षा तालिका अनुसार एमएन पहिलो वर्षको परीक्षा जेठ १४ देखि असार १ गतेसम्म हुनेछ। यस्तै एमएन दोस्रो वर्षको परीक्षा जेठ २३ देखि २८ गतेसम्म हुनेछ।

यसैगरी, एमएस्सी एमआइटी दोस्रो वर्षको परीक्षा जेठ ३० देखि असार ५ गतेसम्म, एमएस्सी एमआइटी प्रथम वर्षको परीक्षा असार ४ देखि १४ गतेसम्म र बिएस्सी एमआइटी दोस्रो वर्षको परीक्षा जेठ ३० देखि असार ५ गतेसम्म सञ्चालन हुने छ।