नेशनल बैंकिङ इन्स्टिच्युटद्वारा ५.२६ प्रतिशत लाभांश घोषणा

काठमाडौं । नेशनल बैंकिङ इन्स्टिच्युट लिमिटेडले शेयरधनीलाई ५.२६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

लिमिटेडको मंसिर १२ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट शेयधरनीलाई चुक्ता पुँजीको ५.२६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

सोही प्रयोजनका लागि कम्पनीले १६औं वार्षिक साधारण सभा पनि बोलाएको छ । लिमिटेडको सभाले चुक्ता पुँजी ३० करोड रुपियाँ पुर्‍याउने र प्रबन्धपत्र संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

साथै, गत आर्थिक वर्षको सञ्चालक समिति तथा लेखापरीक्षकको वार्षिक प्रतिवेदन, वासलात, नाफानोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरणमाथि छलफल गर पारित गर्नेछ ।

त्यस्तै, चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण, सञ्चालक सदस्यमा थप २ जना निर्वाचित गर्नेलगायतका प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ ।

साधारण सभा, पुस ९ गते सोमबार काठमाडौं म्यारियट होटल नक्सालमा बिहान साढे ११ बजेदेखि शुरु हुनेछ ।