नबिल इन्भेष्टमेन्टका ३ वटै म्युचुअल फन्डको न्याभ र नाफा बढ्यो

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङको व्यवस्थापनमा सञ्चालित ३ वटै म्युचुअल फन्डको कात्तिक महिनामा प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) बढेको छ ।

यस्तै, अघिल्लो महिनाको तुलनामा ३ वटै फन्डको नाफा पनि बढेको छ । जसमा नबिल ब्यालेन्स्ड फन्ड–२ न्याभ कात्तिक मसान्तमा ५ पैसाले बढेर ११ रुपैयाँ ६७ पैसा कायम भएको छ । असोजमा यस फन्डको न्याभ ११ रुपैयाँ ६२ पैसा थियो ।

यस फन्डले कात्तिक मसान्तसम्म १ अर्ब ४ करोड ८२ लाख रुपैयाँ बराबरको सूचीकृत सेयर होल्ड गरेको छ । असोजमा यसले १ अर्ब ७ करोड ५९ लाख रुपैयाँ बराबरको सेयर होल्ड गरेको थियो । यो फन्डको कात्तिकसम्ममा बैंक मौज्दात पनि बढेर ३ करोड ९५ लाख रुपैयाँ कायम भएको छ ।

असोजमा यसको बैंक मौज्दातमा १ करोड ६४ लाख रुपैयाँ रहेको थियो । कात्तिक मसान्तसम्म फन्ड १८ करोड २५ लाख रुपैयाँ नाफामा रहेको छ । असोज मसान्तसम्म फन्ड १७ करोड ७२ लाख रुपैयाँ नाफामा रहेको थियो ।

नबिल ब्यालेन्स्ड फन्ड–३ को न्याभ कात्तिक मसान्तमा ३ पैसाले बढेर ११ रुपैयाँ ६४ पैसा कायम भएको छ । असोजमा यस फन्डको न्याभ ११ रुपैयाँ ६१ पैसा थियो ।

यस फन्डले कात्तिक मसान्तसम्म १ अर्ब १६ करोड ३६ लाख रुपैयाँ बराबरको सूचीकृत सेयर होल्ड गरेको छ । असोजमा यसले १ अर्ब २० करोड रुपैयाँ बराबरको सेयर होल्ड गरेको थियो ।

यो फन्डको बैंक मौज्दात ६ करोड २७ लाख रुपैयाँबाट बढेर १३ करोड ६९ लाख रुपैयाँ कायम भएको छ । कात्तिक मसान्तसम्म नबिल ब्यालेन्स्ड फन्ड–३ २१ करोड ९३ लाख रुपैयाँ नाफामा रहेको छ । असोज मसान्तसम्म फन्ड २१ करोड ६१ लाख रुपैयाँ नाफामा रहेको थियो ।

यस्तै, नबिल फ्लेक्सी क्याप फन्डको न्याभ कात्तिक मसान्तमा ३ पैसाले बढेर ११ रुपैयाँ ६४ पैसा कायम भएको छ ।

कात्तिकमा यस फन्डको न्याभ ११ रुपैयाँ ६१ पैसा थियो । यस फन्डले कात्तिक मसान्तसम्म ६२ करोड ३८ लाख रुपैयाँ बराबरको सूचीकृत सेयर होल्ड गरेको छ । असोजमा यसले ६६ करोड ३३ लाख रुपैयाँ बराबरको सेयर होल्ड गरेको थियो ।

यो फन्डको कात्तिकसम्म बैंक मौज्दातमा १८ करोड ३७ लाख रुपैयाँ रहेको छ । असोजमा भने यसको बैंक मौज्दातमा १३ करोड ३८ लाख रुपैयाँ रहेको थियो ।

कात्तिक मसान्तसम्म नबिल फ्लेक्सी क्याप फन्ड ९ करोड ५४ लाख रुपैयाँ नाफामा रहेको छ । असोज मसान्तसम्म फन्ड ५ करोड २६ लाख रुपैयाँ नाफामा रहेको थियो ।