एभरेष्ट बैंकको आज ३० औं बार्षिक साधारण सभा

काठमाडौं । एभरेष्ट बैंकले आज २० गते वार्षिक साधारण सभा बोलाएको छ । बैंकले साधारण सभामा १० प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद गरी कुल १५.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभामा पेश गर्नेछ ।

बोनस सेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी वृद्धि हुने भएकाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि रहेको छ । गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह लगायत विवरणमा छलफल गरी पारित गर्नेछ ।

चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति गर्ने र सर्वसाधारण सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि रहेको छ । साधारण सभा अम्रपाली ब्यांक्वेट, भाटभटेनी काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।