माछापुच्छ्रे बैंकको २४औं वार्षिकोत्सव सम्पन्न

काठमाडौं । माछापुच्छ्रे बैंकको २४ औं वार्षिकोत्सव सम्पन्न भएको छ । बैंकले विविध सामाजिक उत्तरदायित्वका कार्यक्रम आयोजना गरेर वार्षिकोत्सव मनाएको छ ।

‘उत्सव र सहयोग’ भन्ने नाराका साथ बैंकले असोज महिनालाई वार्षिकोसत्व अभियानको रुपमा मनाइरहेको छ ।

बैंकले यसवर्ष २४औं वार्षिकोत्सवको अवसरमा ग्राहकहरुलाई विभिन्न प्रकारका विशेष सुविधाहरु प्रदान गरेको जनाएको छ ।

यही अवसरमा बैंकले वृद्धाश्रम तथा बालमन्दिरहरूमा सहयोग, वृक्षरोपण, वित्तीय साक्षरता प्रवर्धन कार्यक्रम लगायत सामाजिक उत्तरदायित्वमा केन्द्रित गतिविधिहरू संचालन गरेको छ ।

गत साताको बाढी पहिरोमा परि काभ्रे जिल्लाको रोशी गाउँपालिका १ र २ मा विस्थापित भएकाहरुलाई बैंकले २०० थान ब्लांकेट प्रदान गरेको छ ।

रोशी गाँउपालिकाका अध्यक्ष दिनेश लामालाई सो सहयोग हस्तान्तरण गरिएको थियो । २४ औ वार्षिकोत्सवको अवसर पारेर ग्राहक लक्षित विभिन्न अफरहरु पनि बैंकले घोषणा गरेको छ।

डेबिट कार्ड, क्रेडिट कार्ड, डलर क्रेडिट तथा डलर प्रिपेड कार्ड लिने नयाँ ग्राहकलाई विशेष छुटको योजना ल्याइएको छ ।

जस अन्तर्गत बैंकको डेबिट कार्ड लिनेहरुले कार्ड लिदाँ पहिलो वर्षको जारी शुल्कमा शतप्रतिशत छुट र त्यस पछिको दुई वर्षसम्म पनि कार्ड नवीकरण शुल्कमा शतप्रतिशत छुट पाउने छन् ।