काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले सात जना संस्थापक सेयरधनीहरूको नाममा रहेको १९ लाख ४४ हजार ७ सय ४७ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
हाल विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै खरिद गर्न उक्त सेयर खरिद गर्न इच्छुक संस्थापकले ३५ दिनभित्र खरिद गर्न चाहेको सेयर विवरण खुलाई काठमाडौंको लाजिम्पाटस्थित बैंकको शेयर शाखामा निवेदन दिनुपर्नेछ ।
तोकिएको समयभित्र संस्थापकबाट सेयर खरिद लागि आवेद नपरेमा उक्त सेयर सर्वसाधारणका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।