सेयरधनीको डिम्याट खातामा मितेरी डेभलपमेन्ट बैंकको बोनस सेयर जम्मा

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले ९.५०% बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ ।

बैंकले गत मंसिर २८ गतेसम्म सेयर डिम्याट गराएकाहरुको बोनस सेयर खातामा पठाइदिएको हो । अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ ।

अनिमात्र बोनस जम्मा गरिने बैंकले बताएको छ । बैंकले सेयर रजिष्ट्रार प्रभु क्यापिटलको कार्यालय कमलादी काठमाडौं तथा आफूलाई पाएक पर्ने प्रभु बैंकको शाखामार्फत सेयर डिम्याट गराउन सकिने जनाएको छ ।