काठमाडौं । युनाइटेड इदी मर्दीले यसपटक सेयरधनीलाई ५.७८९ लाभांश वितरण गर्दैछ । कम्पनीले गत वर्षको नाफाबाट ५.५० प्रतिशत बोनस सेयर र ०.२८९ नगद लाभांश (कर तिर्न) दिने भएको हो ।
आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि लाभांश वितरण हुनेछ । यसअघि आर्थिक वर्ष २०७८/७९ को नाफाबाट यसले १०.५३ प्रतिशत लाभांश वितरण गरेको थियो ।
यता, कम्पनीले लाभांश पारित गर्न बिहीबार फागुन १७ गते वार्षिक साधारण सभा बस्ने भएको छ । साधारण सभा प्रयोजनका लागि यस कम्पनीले फागुन ४ गते बुक क्लोज गरिसकेको छ ।
फागुन ३ गतेसम्म कायम सेयरधनीले लाभांश प्राप्त गर्न सक्नेछन् । साधारण सभा, आभ्या क्लब, घारीपाटन–१७ पोखरा, कास्कीमा बिहान ११ बजे सुरु हुनेछ ।