पशुपति क्षेत्र विकास कोषलाई प्रभु बैंकद्धारा हाइड्रोलिक गाडी हस्तान्तरण

काठमाडौं ।  पशुपति क्षेत्र विकास कोषलाई प्रभु बैंकले हाइड्रोलिक गाडी हस्तान्तरण गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले कोषलाई हाइड्रोलिक गाडी दिएको हो ।

बैंकका कार्यकारी निर्देशक अशोक शेरचनले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई उक्त गाडीको चाबी हस्तन्तरण गरेका हुन् ।उक्त गाडी फोहोर उठाउनका लागि प्रयोग हुनेछ ।

उक्त गाडीको १७ लाख मूल्य बराबरको हो । ‘सामाजिक उत्तरदायित्व अन्तर्गत पशुपति क्षेत्र विकास कोषलाई १७ लाख मूल्यको हाइड्रोलिक गाडी प्रदान गरिएको छ । गाडी फोहोर उठाउनका लागि प्रयोग गरिनेछ’–बैंक सीइओ शेरचनले भने ।