काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य बढेको छ। आइतबार सुनको मूल्य प्रति तोला १ लाख १० हजार १ सय रुपैयाँ कायम भएको छ।
शुक्रबार प्रति तोला १ लाख ९ हजार ६ सय रुपैयाँमा कारोबार भई रहेको छापावाला सुन आज ५ सय रुपैयाँले बढेर प्रति तोला १ लाख १० हजार १ सय रुपैयाँमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै, तेजाबी सुनको मूल्य १ लाख ९ हजार ५ सय ५० रुपैयाँ कायम भएको छ। यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ७० रुपैयाँ कायम भएको छ।
चाँदीको मूल्य प्रति तोला १० रुपैयाँले बढेको हो। शुक्रबार चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भई रहेको थियो।































