काठमाडौं। आजराति युरोकपको फाइनलमा स्पेन र इङ्ल्याण्ड भिड्दै छन्। फाइनल खेल नेपाली समय अनुसार आज राति १२:४५ बजेदेखि शुरु हुने छ।
सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो भने नेदरल्याण्डसले इङ्ल्याण्डलाई २–१ गोल अन्तरले नै पराजित गर्दै फाइनलमा पुगेको हो।
तीन पटक युरोकपको उपाधि जितेको स्पेन योसहित पाँचौं पटक युरोकपको फाइनल खेल्दै छ भने इङ्ल्याण्ड लगातार दोस्रो पटक युरोकपको फाइनल खेल्दै छ।
२०२० मा सम्पन्न युरोकपमा इङल्याण्ड फाइनलमा इटालीसँग पराजित हुँदै उपविजेता बनेको थियो।
स्पेन र इङल्याण्ड अहिलेसम्म २७ पटक आमने सामने भएका छन्। जसमा स्पेनले १३ पटक जितेको छ भने इङ्ल्याण्डले १४ खेल जितेको छ। त्यस्तै ३ खेल बराबरीमा सकिएका छन्।





























