काठमाडौं । टी–२० क्रिकेट विश्वकपको आफ्नो अन्तिम खेलमा बंगलादेशविरुद्ध नेपालले सानदार सानदार प्रदर्शन गरिरहेको छ । नवौं ओभर नसकिँदै नेपालले पाँच विकेट झारेको छ ।
टस जितेर पहिले फिल्डिङ रोजेको नेपाललाई सोमपाल कामीले पहिलो सफलता दिलाएका हुन् ।सोमपालको बलमा बंगलादेशका ओपनर तान्जिड हसन आउट भएका छन् ।
त्यसपछि दोस्रो विकेट दीपेन्द्रसिंह ऐरी तथा तेस्रो फेरि सोमपालले नै लिएका हुन् । चौथो विकेट कप्तान रोहित पौडेलले लिएका हुन् । पाँचौ विकेटको रुपमा सन्दीप लामिछानेले मोहम्मदुल्लालाई रनआउट गराएका हुन् ।
बंगलादेशले ८.६ ओभरमा ५२ रन बनाएको अवस्थामा पाँचौ विकेट गुमाएको हो । सोमबार बिहान सेन्ट भिसेन्टमा जारी खेलमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेका हुन् । खेल बिहान ५ः१५ देखि जारी छ ।