धितोपत्र बोर्डको अध्यक्ष छनोट गर्न आज अन्तर्वार्ता हुने

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनोट गर्न आज अन्तवार्ता हुने भएको छ । अध्यक्षका लागि आवेदन दिएका १९ जना मध्ये ५ जनाको नाम सर्ट लिस्टमा परेका छ ।

५ जनाको आज साढे ९ बजे राष्ट्रिय योजना आयोगमा प्रस्तुतिकरण तथा अन्तरवार्ता हुनेछ । सेबोनको अध्यक्ष पद २०८० पुस २१ गतेदेखि खाली छ ।

बोर्डको अध्यक्ष बन्न कृष्णबहादुर कार्की, चिरञ्जीवी चापागाईँ, सन्तोष नारायण श्रेष्ठ, डा नवराज अधिकारी र मुक्तिनाथ श्रेष्ठ प्रतिस्पर्धामा छन् ।