काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)अन्तर्गतका आवासीय चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् ।
निर्वाहभत्ता नपाएको भन्दै बुधबारबाट आन्दोलनमा उत्रिएका उनीहरुले पहिलो दिन हातमा कालोपट्टी बाँधेर सेवा दिइरहेका छन् ।
दोस्रो दिन बिहीबार एक घण्टा र तेस्रो दिन शुक्रबार दुई घण्टा सबै काम छाडेर अस्पताल परिसरमा धर्ना दिने बताएका आन्दोलनरत चिकित्सकहरुले शनिबारसम्म पनि आफ्ना माग सम्बोधन नभए आइतबारदेखि अस्पतालका कुनै पनि सेवा नदिने चेतावनी दिएका छन् ।