नेसनल लाइफ इन्स्योरेन्सको जेठ २२ गते साधारण सभा

लाभांश पाउन कहिलेसम्म बन्ने सेयरधनी ?

काठमाडौं । जेठ २२ गते नेसनल लाइफ इन्स्योरेन्सले साधारण सभा बोलाएको छ । सभा, नेसनल लाइफ  भवन, केन्द्रीय कार्यालय, लाजिम्पाट काठमाडौंमा बिहान १०ः३० बजे सुरु हुनेछ ।

साधारण सभामा आर्थिक वर्ष २०७८/२०७९ को नाफाबाट १४।५०५ लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ । यसले ८५ बोनस र कर प्रयोजनका लागि ६.५० प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो ।

साधारण सभामा २०७८/७९ को नाफा नोक्सान हिसाब–किताब सम्बन्धमा छलफल गरी पारित गर्ने एजेन्डा पनि रहेको छ । त्यस्तै, सञ्चालक समितिबाट मनोनित स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने एजेन्डा पनि रहेको छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ ११ गते एक दिन बुक क्लोज गर्ने भएको छ । यसर्थ, जेठ १० गतेसम्म कायम रहने सेयरधनीले लाभांश पाउनेछन् ।