आज आइतबारका लागि विदेशी विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । आज आइतबारका लागि नेपाल राष्ट्र बैंकले मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ १२ पैसा र बिक्री दर १३३ रुपैयाँ ७२ पैसा रहेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ५३ पैसा र बिक्री दर १४४ रुपैयाँ १८ पैसा रहेको छ।

यस्तै गरी, बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ५१ पैसा र बिक्री दर १६८ रुपैयाँ २७ पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।