कालिका लघुवित्त वित्तीय संस्थाको नाफासँगै प्रतिसेयर आम्दानी पनि बढ्यो

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कालिका लघुवित्त वित्तीय संस्थाको खुद नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । यसअवधिमा खुद नाफा १११.६७ प्रतिशतले बढेर ६ करोड ८० लाख रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको यसैअवधिमा यसले ३ करोड २१ लाख २६ हजार रुपैयाँ नाफा कमाएको थियो । खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै यसको खुद नाफा पनि बढेको हो । खुद ब्याज आम्दानी ४८.७१ प्रतिशतले बढेर २६ करोड ८१ लख ३१ हजार रुपैयाँमा पुगेको छ ।

साथै, सञ्चालन आम्दानी १११.४३ प्रतिशतले बढेर ९ करोड ७० लाख ३७ हजार रुपैयाँ पुगेको छ । चैत मसान्तसम्म आइपुग्दा यसको प्रतिसेयर आम्दानी १० रुपैयाँ ७४ पैसाले बढेर २२ रुपैयाँ २४ पैसा पुगेको छ ।

प्रतिसेयर नेटवर्थ १७६ रुपैयाँ ५९ पैसा छ । खराब कर्जा ५।२७ प्रतिशत छ । चुक्ता पुँजी ४० करोड ७६ लाख ९२ हजार रुपैयाँ छ ।