काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको आइपीओ सूचीकृत भएको छ । बुधबार कम्पनीको कुल ६० लाख कित्ता सेयर सूचीकृत भएको हो ।
कम्पनीले सर्वसाधारण समूहको १८ लाख र संस्थापक समूहको ४२ लाख कित्ता गरी कुल ६० लाख कित्ता सेयर सूचीकृत गरेको हो ।
नेप्सेमा सूचीकृत भएसँगै कम्पनीको सेयर अब वैशाख २१ गते, आइतबारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।
ओमको सेयर कारोबारका लागि नेप्सले न्यूनतम ९०.१७ रुपैयाँदेखि २७०.५१ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ । नेप्सेले कम्पनीको सेयर कारोबारका लागि ओएमपीएल संकेत प्रदान गरेको छ ।