काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिद दर एक सय ३४ रुपैयाँ ०५ पैसा र बिक्री दर एक सय ३४ रुपैयाँ ६५ पैसा, युरोपियन यूरो एकको खरिद दर एक सय ४८ रुपैयाँ १६ पैसा र बिक्री दर एक सय ४८ रुपैयाँ ८२ पैसा कायम छ ।
साथै युके पाउण्ड स्ट्रलिङ एकको खरिद दर एक सय ७५ रुपैयाँ ८० पैसा र बिक्री दर एक सय ७६ रुपैयाँ ५९ पैसा रहेको छ ।
स्वीस फ्रयाङ्क एकको खरिद दर एक सय ५७ रुपैयाँ ७३ पैसा र बिक्री दर एक सय ५८ रुपैयाँ ४४ पैसा, अस्ट्रेलियन डलर एकको खरिद दर ९० रुपैयाँ ९ पैसा र बिक्री दर ९० रुपैयाँ ४९ पैसा निर्धारण गरिएको छ ।
क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ९२ पैसा र बिक्री दर ९९ रुपैयाँ ३६ पैसा, सिङ्गापुर डलर एकको खरिद दर एक सय दुई रुपैयाँ ६१ र बिक्री दर एक सय तीन रुपैयाँ ७ पैसा कायम भएको छ ।
जापानी येन १० को खरिद दर नौ रुपैयाँ २५ पैसा र बिक्री दर नौ रुपैयाँ २९ पैसा, चिनियाँ युआन एकको खरिद दर १८ रुपैयाँ ८३ पैसा र बिक्री दर १८ रुपैयाँ ९२ पैसा कायम छ ।
राष्ट्र बैंकका अनुसार साउदी अरेबियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ७२ पैसा र बिक्री दर ३५ रुपैयाँ ८८ पैसा, कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ७८ पैसा र बिक्री दर ३६ रुपैयाँ ९४ पैसा कायम भएको छ ।
थाई भाट एकको खरिद दर तीन रुपैयाँ ९२ पैसा र बिक्री दर तीन रुपैयाँ ९४ पैसा रहेको छ भने युएई दिराम एकको खरिद दर ३६ रुपैयाँ ५० पैसा र बिक्री दर ३६ रुपैयाँ ६६ पैसा रहेको छ ।
मलेसियन रिङ्गेट एकको खरिद दर ३० रुपैयाँ ७९ पैसा र बिक्री दर ३० रुपैयाँ ९२ पैसा, साउथ कोरियन वन एक सयको खरिद दर १० रुपैयाँ र बिक्री दर १० रुपैयाँ ०४ पैसा, स्वीडिस क्रोनर एकको खरिद दर १३ रुपैयाँ र बिक्री दर १३ रुपैयाँ ०६ पैसा र डेनिस क्रोनर एकको खरिद दर १९ रुपैयाँ ८६ पैसा र बिक्री दर १९ रुपैयाँ ९५ पैसा छ ।
हङकङ डलर एकको खरिद दर १७ रुपैयाँ १९ पैसा र बिक्री दर १७ रुपैयाँ २७ पैसा, कुवेती दिनार एकको खरिद दर चार सय ३८ रुपैयाँ ६८ पैसा र बिक्री दर चार सय ४० रुपैयाँ ६४ पैसा छ भने बहराइन दिनार एकको खरिद दर तीन सय ५५ रुपैयाँ ६२ पैसा र बिक्री दर तीन सय ५७ रुपैयाँ २१ पैसा कायम भएको छ ।
राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाइएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।