किस्ताबन्दीमा डेडिकेटेड तथा ट्र‌ङ्क लाइनको महसुल बुझाउन सकिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्र‌ङ्क लाइनबाट विद्युत् खपत गरेका उद्योगहरूले किस्ताबन्दीमा बक्यौता महसुल बुझाउन सक्ने व्यवस्था मिलाइएको जनाएको छ ।

डेडिकेटेड फिडर तथा ट्रङ्कलाइन २०७२ माघदेखि २०७५ वैशाखसम्म विद्युत् उपभोग गरेका उद्योगहरूलाई प्राधिकरणले बक्यौता रकम तिर्न २८ मासिक किस्ताबन्दीको सुविधा दिएको हो ।

किस्ताबन्दी सुविधा लिन इच्छुक उपभोक्ताहरूले सम्बन्धित वितरण केन्द्रमा सम्पर्क राखी उपलब्ध सुविधाको लाभ लिन सक्ने प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयले जनाएको छ ।