आज आइतबार सुन चाँदीको मूल्य बढ्यो

काठमाडौं । आज आइतबार सुन चाँदीको मूल्य बढेको छ । गत शुक्रबार प्रतितोला १ लाख ४१ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा १६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज तेजावी सुन प्रतितोला १ लाख ४२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर प्रतितोला १८ सय २० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।