आज असार ११ गते विन नेपाल लघुवित्तको वार्षिक साधारण सभा

काठमाडौं । आज असार ११ गते विन नेपाल लघुवित्तको आज असार ११ गते वार्षिक साधारण सभा बस्दैछ । सभा फिस स्टेशन एन्ड रिसोर्ट, बनेपा १२ साँगामा बिहान ११ बजेबाट सुरु हुनेछ ।

सभामा आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफ–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल हुनेछ । यस्तै, अन्य लघुवित्तसँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिइनेछ ।

सभा प्रयोजनका लागि कम्पनीले असार ५ गतेदेखि १० गतेसम्म बुक क्लोज गरीसकेको छ । तसर्थ, असार ४ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।