रिपब्लिक मिडियाको आइपिओ बाँडफाँड सम्पन्न

काठमाडौं । नेपाल रिपब्लिक मिडियाको आइपिओ बाँडफाँड गृहमन्त्री नारायणकाजी श्रेष्ठले गरेका छन् । गृहमन्त्री श्रेष्ठले आइपिओ बाँडफाँड कार्यक्रममा उपस्थित भएर नम्बर पिक गरेका हुन् ।

सामान्यतया शेयर बाँडफाँडमा मन्त्री त्यसमा पनि गृहमन्त्रीको उपस्थिति हुने गरेको पाइदैन । तर नेपाल रिपब्लिक मिडियाले आफ्नो पहुँच देखाउन गृहमन्त्रीलाई नै उभ्याएको छ ।

कम्पनीले काठमाडौंको ठमेलस्थित छाँया सेन्टरमा रहेको होटल अलोफ्टमा बाँडफाँड सम्पन्न गरेको हो । आज भएको बाँडफाँडबाट कम्पनीको शेयर ३ लाख ६१ हजार ९८९ जनाले १० कित्ताका दरले प्राप्त गरेका छन् । त्यस्तै एक भाग्यशाली लगानीकर्ताले थप एक कित्ता सहित ११ कित्ता शेयर प्राप्त गरेका छन् ।

कम्पनीले जेठ २६ गतेदेखि जेठ ३० गतेसम्म सर्वसाधारणलाई आइपीओ बिक्री खुला गरेको थियो । कम्पनीले आम सर्वसाधारणलाई ३६ लाख १९ हजार ८ सय ९१ कित्ता शेयर निष्काशन गरेको हो । कम्पनीको आईपिओमा माग भन्दा ३.८४ गुणा बढीको आवेदन परेको छ ।

सिडीएससीका अनुसार कम्पनीको आइपीओमा १२ लाख ८२ हजार ६ सय ३६ जना आवेदकबाट १ करोड ३९ लाख २३ हजार ३ सय कित्ताको लागि आवेदन परेको छ । माग भन्दा बढीको आवेदन परेकोले कम्पनीको शेयर गोलाप्रथाबाट बाँडफाँड गरेको हो ।