स्वावलम्बन लघुवित्तको ४४ हजार कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन

काठमाडौं । स्वावलम्बन लघुवित्तको ४४ हजार १४३ कित्ता संस्थापक सेयर लिलामी भर्ने आज (मंसिर ५ गते) अन्तिम दिन हो ।

आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । यसमा न्यूनतम ५६७ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

कम्पनीको लिलामी सेयरमा कम्पनीका संस्थापक सेयरधनी वा अन्य संघसस्था तथा सर्वसाधारणले पनि आवेदन दिन सक्नेछन् ।

लिलामी आवेदन बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल, लाजिम्पाट काठमाडौंमा पेश गर्न सकिनेछ ।