काठमाडौं । सुपरमाई हाईड्रोपावर लिमिटेडको दशौं वार्षिक साधारण सभा मंसिर २८ गते शुक्रबार बस्दैछ। कम्पनीको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले निर्णय गरेको हो ।
साधारण सभामा हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर ५.६३१ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पेश हुनेछ।
त्यसैगरी गत आर्थिक वर्षको वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने र चालू आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ।
साथै प्रबन्त्रपत्र तथा नियमावलीमा आवश्यक दफा संशोधन गर्ने र सोका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि तय गरिएको छ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले मंसिर १७ गते एक दिन बुक क्लोज गर्नेछ। यसर्थ मंसिर १६ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।
उक्त साधारणसभा नक्सालस्थित लसरा रिसेप्सन्स्मा अपरान्ह ४ बजे सभा बस्ने निर्णय गरेको हो।































