सूर्योदय वोमी लघुवित्तको साउन ३२ गते वार्षिक साधारण सभा

काठमाडौं ।  सूर्योदय वोमी  लघुवित्तले बोनस सेयर प्रस्ताव सहित वार्षिक साधारण सभा बोलाएको छ । लघुवित्त कम्पनीले साउन ३२ गते वार्षिक साधारण सभा गर्ने भएको हो ।

साधारण सभामा थप सार्वजनिक निष्कासन (एफपीओ) पछि कायम ९१ करोड ५४ लाख ५५ हजार ४६३ रुपैयाँ चुक्ता पुँजीमा १४ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।

तसर्थ, एफपीओ हात पार्नेले पनि प्रस्तावित बोनस सेयर पाउने भएका छन् । साधारण सभामा, नेपाल राष्ट्र बैंकको स्वीकृति बमोजिम संस्थापक सेयरलाई सर्वसाधारणमा परिवर्तन गरी कम्पनीको संस्थापक र सर्वसाधारण समूहको सेयर स्वामित्वलाई प्रबन्धपत्रमा संशोधन गरी पुँजी संरचना परिवर्तन गर्ने प्रस्ताव पनि पेश हुनेछ ।

साथै, अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन गर्नुपरेमा सम्पूर्ण कार्यको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेको छ ।

यसका लागि कम्पनीले साउन २४ गते बुक क्लोज गर्ने भएकाले साउन २३ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

साधारण सभा महालक्ष्मी नगरपालिका, लुभु ललितपुरस्थित लुभु पार्टी प्यालेस एन्ड क्याटेरिङ सेन्टरको सभाहलमा दिउँसो १२ः३० बजे सुरु हुनेछ ।