सूर्योदय वोमी लघुवित्तको एफपीओ बाँडफाँड सम्पन्न

काठमाडौं । सूर्योदय वोमी लघुवित्तको एफपीओ बाँडफाँड आज सम्पन्न भएको छ । बिक्री प्रबन्धक कुमारी क्यापिटलको केन्द्रिय कार्यालय दुर्गा भवन, नागपोखरीमा एफपिओ बाँडफाँड सम्पन्न भएको हो ।

कम्पनीको एफपिओमा मागभन्दा ५१०.१३ गुणा बढी आवेदन परेका थियो । यसमा १६ लाख ५६ हजार ८२६ जनाले कुल २ करोड ३८ लाख ३७ हजार ९०० कित्ताको लागि आवेदन दिएका थिए ।

जसमा ४ हजार ६७२ जनाले मात्र सेयर हात पारेका छन् । बाँकी १६ लाख ५२ हजार १५४ जनाको भने हात खाली भएको छ ।

लघुवित्तले साउन ४ गतेदेखि ८ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँमा ४६ हजार ७२९ कित्ता एफपिओ बिक्रीमा ल्याएको हो ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गरेको थियो ।