मिर्मिरे लघुवित्त वित्तीय संस्थाको आज वार्षिक साधारण सभा

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको आज सोमबार (फागुन १४ गते) वार्षिक साधारण सभा बस्दैछ । सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतमा पनि छलफल हुनेछ ।

आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ । त्यसका साथै, संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ ।

संस्थापक सेयरलाई साधारण सेयरमा परिणत गर्ने सम्बन्धमा पनि छलफल हुनेछ । प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न परेमा सोको अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि रहेको छ । सभा प्रयोजनका लागि संस्थाले फागुन ४ गते बुक क्लोज गरिसकेको छ ।

तसर्थ, फागुन ३ गतेसम्म सेयर खरिद गरी कायम रहेका सेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।नेपाल राष्ट्र बैंकले वित्तीय विवरण संशोधन गर्न निर्देशन दिएपछि संस्थाले उक्त प्रस्ताव रद्द गरेको हो ।

यसकारण सेयरधनीको भने हात खाली हुने भएको छ । साधारण सभा, होटल सारथी, धुलिखेल नगरपालिका वडा–७, धुलिखेल, क्राभेपलान्चोकमा बिहान ११ बजेबाट सुरु हुनेछ ।