क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले आइपीओ जारी गर्ने

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आइपीओ निष्कासन गर्ने प्रस्ताव सहित साधारण सभा बोलाएको छ । साधारण सभामा कम्पनीले आइपीओ जारी गर्ने सम्बन्धमा प्रस्ताव पेश गर्नेछ ।

आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

साधारण सभाले स्वतन्त्र सञ्चाल निर्वाचन गर्नेछ । साधारण सभा चैत ५ गते शुभ होटल प्रा.लि, चाईना पुल, वीरेन्द्रनगर, सुर्खेतमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।