रेड्मी १२ सी भ्यालु र पर्फर्मेन्सको उत्कृष्ट कम्बीनेसन

काठमाडौँ । विश्वचर्चित ब्राण्ड शाओमीको रेड्मी सिरिजले  नेपाली बजारमा निकै सफलता पाएको छ ।

रेड्मी सस्तो मूल्यमा उच्च गुणस्तरको स्मार्टफोनका लागि परिचित छ । रेड्मी १२ सीले नेपाली स्मार्टफोन बजारलार्इ अर्को तहमा पु¥याउन सफल भएको छ ।

यस स्मार्टफोनले धेरै उत्कृष्ट सुविधाहरूका साथमा प्रयोगकर्ताहरुलाई प्रिमियम अनुभव प्रदान गर्दछ ।
रेड्मी १२ सीको ३ जीबी +३२ जीबी भेरियन्टको प्रारम्भिक मूल्यमात्र रु. १३,४९९ रहेको छ । थप स्टोरेज चाहने ग्राहकहरुको लागि४ जीबी + ६४ जीबी भेरियन्ट मात्र रु १४,४९९.र ६ जीबी+१२८ जीबी भेरियन्ट मात्र रु. १६,९९९ माउपलब्ध छ ।

रेड्मी १२ सीको बेस भेरियन्टमा नै ग्राहकहरूले एकै साथ धेरै एपहरू बिनाकुनै ल्याग, सहज मल्टिटास्किङ गर्न सक्नेछन् ।

साथै ६ जीबी+१२८ जीबीको भेरियन्टले एप्स, फोटो, भिडियोहरू र अन्य डेटा भण्डारण गर्न पर्याप्त स्पेस प्रदान गर्दछ ।

मेडियाटेक हेलिओ जी ८५ प्रोसेसरद्वारा संचालित रेड्मी १२ सीले गेमिङ, इमेजिङ र दैनिक प्रयोगमा उत्कृष्ट प्रदर्शन र सहज अनुभव प्रदान गर्दछ ।

रेड्मी १२सी मा ५० एमपी डुअल रियर क्यामेरा जडान गरिएको छ जसले धेरै डिटेल्सका साथफोटो खिच्न सक्दछ र यसले प्रयोगकर्ताहरूलाई कुनै जस्तो सुकै प्रकाशमा पनि राम्रो फोटो खिच्न सक्छ ।

मल्टिमिडिया अनुभवलाई चुस्त बनाउनको लागि यो फोनमा ठूलो ५,००० यमएच ब्याट्रीको साथमा ठूलो ६.७१” याच डी + डिस्प्ले रहेको छ ।

रेड्मी १२ सीम ाभ्यालु र पर्फर्मेन्सको उत्कृष्ट कम्बीनेसन देख्न पाइन्छ । शक्तिशाली प्रोसेसर, प्रभावशाली डिस्प्ले, लङ ब्याट्री लाइफ, उत्कृष्ट डिजाइन र क्यामेरा सिस्टमको साथ रेड्मी १२ सीले ग्राहकलाई यस प्राइस रेन्जमा अपेक्षा गरेको भन्दा पनि धेरै प्रदान गर्दछ ।

आफ्ना फोनहरुमा उत्कृष्ट फिचरश र उत्तिकै उत्कृष्ट पेर्फोर्मंस प्रदान गर्ने फोनको रुपमा रेड्मी बजारमा परिचित छ र रेड्मी १२सी त्यसैको जबर्दस्त उदाहरण हो ।