काठमाडौं । भदौ ३ गतेदेखि खानीखोला हाइड्रोपावर कम्पनीले लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।
हाइड्रोपावर कम्पनीले हाल कायम चुक्ता पुँजी ४६ करोड ५७ लाख १४ हजार ३०० रुपियाँ बराबरको शतप्रतिशत अर्थात् प्रतिकित्ता १०० रूपियाँका दरले १ः१ अनुपातमा ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेका हो ।
हाइड्रोपावर कम्पनीले हकप्रद प्रयोजनका लागि असार २७ गते एक दिन बुक क्लोज गरिसकेको छ । असार २६ गतेसम्म कायम रहेका शेयरधनीले कम्पनीले निष्कासन गर्ने हकप्रदमा आवेदन दिन पाउनेछन् ।
आवेदन भदौ २३ गतेसम्म दिन सकिने बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेडले जनाएको छ ।




























