नेशनल लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । लघुवित्तले ८ जना संस्थापक शेयरधनीको स्वामित्वमा रहेको कुल ७० हजार १५९ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।

यो शेयर जोकोही व्यक्ति वा संघसंस्थाले खरिद गर्न पाउनेछन् । यसअघि लघुवित्तले संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी बिक्री खुलाइसकेको छ । तोकिएको समयभित्र पर्याप्त आवेदन नपरेपछि सर्वसाधारणमा बिक्री खुला गरेको हो ।

शेयर खरिद गर्न इच्छुक खरिदकर्ताले १५ दिनभित्र लघुवित्तको केन्द्रीय कार्यालय बनेपा–१०, काभ्रेपलान्चोकमा आवेदन पेश गर्नुपर्नेछ ।