काठमाडौं । बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले ५८ लाख ६० हजार कित्ता आइपीओ बिक्री गर्न अनुमति पाएको छ ।
नेपाल धितोपत्र बोर्डले बन्दीपुर केबलकारलाई प्रतिकित्ता १०० रुपैयाँको दरले आइपीओ बिक्री गर्न अनुमति दिएको हो ।
उक्त आइपीओ स्थानीय बासिन्दा र सर्वसाधारणलाई बिक्री हुनेछ । यसमा नेपाल एसबीआई मचेन्ट बैंकिङले बिक्री प्रबन्धकको काम गरिरहेको छ ।