काठमाडौं महानगरपालिकाका विभिन्न वडा कार्यालयबाट राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन हुने

काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले काठमाडौंमहानगरपालिकाको विभिन्न वडा कार्यालयमा राष्ट्रिय परिचयपत्र स्टेशन सञ्चालन गर्ने भएको छ ।

यसअघि राष्ट्रिय सभा गृहमा परिचयपत्रका लागि विवरण सङ्कलन गर्ने काम भइरहेकामा सेवाग्राहीको चापलाई मध्यनजर गरेर विभिन्न वडा कार्यालयबाट विवरण सङ्कलन गर्न लागिएको हो ।

विभागले काठमाडौं महानगरको वडा नम्बर ३ महाराजगञ्ज, वडा नम्बर ८ जय बागेश्वरी, वडा नम्बर १५ स्वम्भू र वडा नम्बर ३१ सुविधानगरमा राष्ट्रिय परिचयपत्र स्टेसन सञ्चालन गरी सामाजिक सुरक्षा भत्ता नविकरणको समेत सहजिकरण गरिने जनाएको छ ।

विभागका अनुसार यसका लागि सम्बन्धित वडा कार्यालयलाई उपयुक्त कार्यकक्ष र जनशक्तिको व्यवस्थापनका लागि आग्रह गरिएको छ ।