राष्ट्रिय बिमा संस्थान बन्यो कम्पनी, अब आइपीओ जारी गर्ने

काठमाडौं । राष्ट्रिय बिमा संस्थानलाई राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेडको नाममा परिणत गरिएको छ । बिमा प्राधिकरणले यस संस्थानलाई लिमिटेडमा परिणत गरेको प्रमाणपत्र प्रदान गरेको छ । यो संस्थान अब पब्लिक कम्पनीको नाममा दर्ता भएपछि अब यसले आइपीओ जारी गर्नेछ ।

हाल यसको चुक्ता पुँजी २ अर्ब २ करोड ४८ लाख ९७ हजार रुपैयाँ रहेको छ । बिमा प्राधिकरणको निर्देशन अनुसार जीवन बिमा कम्पनीले न्यूनतमा ५ अर्ब चुक्ता पुँजी पुर्याउनु पर्ने हुन्छ ।