नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफा बढ्यो

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा खुद नाफा ह्वातै बढेको छ । यसअवधिमा खुद नाफा १३५.६२% ले बढेर १४ करोड ६१ लाख ७६ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको यसैअवधिमा यसले ६ करोड २० लाख ४० हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो । यसअवधिमा लगानी तथा कर्जाबाट उल्लेख्य मात्रामा आम्दानी भएकाले खुद नाफा ह्वातै बढेको हो ।

कर्जा तथा लगानीबाट १९ करोड ७१ लाख ६५ हजार रुपैयाँ आम्दानी भएको छ । अघिल्लो वर्षको यसै अवधिमा कर्जा  तथा लगानीबाट यस  कम्पनीले ७ करोड ७३ लाख ५२ हजार रुपैयाँ कमाएको छ ।

खुद बिमा शुल्क आर्जन पनि १५.८७% ले बढेर १३ करोड ६७ लाख ८८ हजार रुपैयाँ पुगेको छ ।नेपाल इन्सुरेन्सको चुक्ता पुँजी १ अर्ब ४९ करोड ४७ लाख ६५ हजार रुपैयाँ छ ।

प्रतिसेयर आम्दानी २१ रुपैयाँ १२ पैसाले बढेर ३९ रुपैयाँ १२ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ २०२ रुपैयाँ ६१ पैसा छ ।